Logo
२७ असार २०८२, शुक्रबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्जिकल सप्लायर्स एशोसिएशनद्वारा नेपाल पत्रकार महासङ्घ स्वास्थ्य सामग्री प्रदान

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई सर्जिकल सप्लायर्स एशोसिएशन अफ नेपाल (सान) ले एक हजार मास्क र एक थान थर्मगन प्रदान गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा सानका अध्यक्ष रमण कायस्थले शाखाका अध्यक्ष शन्तराम बिडारीको तापक्रममापन गरेर थर्मगन प्रदान गरेका छन् ।

सानका उपाध्यक्ष हरि रञ्जितकार तथा सचिव सुदन पराजुलीले शाखाका अध्यक्ष बिडारी, उपाध्यक्ष सूर्य सुवेदी, सचिव मोहन पन्त, महासङ्घका केन्द्रीय पार्सद् हेमराज सिलवाल, महासङ्घका पूर्व केन्द्रीय सदस्य रामहरि सिलवाल पत्रकार अमिर लामा, फणिन्द्र फुँयाल, पुस्कर बस्नेत, सागर पन्त, मुकुन्द भुसाललाई संयुक्तरूपमा मास्क प्रदान गरेका थिए ।

सानका अध्यक्ष कायस्थले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शाखाका अध्यक्ष बिडारीले समाजमा सत्य तथ्य सूचना सङ्कलन तथा समाचार प्रवाहमा क्रियाशील पत्रकारको चुल्हो निभ्न नदिने शाखाको अभियान रहेको बताउँदै उनीहरुको निःशुल्क स्वास्थ्य उपचार तथा बीमाका लागि सरकारसँग माग गरे ।

अभाव, दबाब र प्रभावबिनाको पत्रकारिताको खाँचो औँल्याउँदै उनले विभिन्न दाताबाट खाद्य सामग्री सङ्कलन गरी आफ्ना २५० सदस्यलाई वितरण गरेको जानकारी दिए ।

शाखाले लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, मस्यौरालगायत खाद्य सामग्री प्रदान गरेको हो ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्