Logo
५ जेष्ठ २०८१, शनिबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले हेपहा प्रवृती देखायो, राष्ट्रियता र स्वाधीनतामा सम्झैता हुन सक्दैन : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायण काजी श्रेष्ठले चीनले नेपालप्रती हेपहा प्रवृती देखाएको बताएका छन् । नेकपाका नारायण काजी श्रेष्ठले चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्वीट गरेको विषयमा बोल्दै चीनले नेपालप्रती हेपहा प्रवृती देखाएको बताएका हुन् ।

नेकपाका प्रवक्ता श्रेष्ठले आज सोमबार विहान चीनले नेपालप्रती हेपहा प्रवृती देखाएको भन्दै यसको अन्त्य गर्नु अतिआवश्यक रहेको बताएका छन् ।

आज बिहान केही नेताहरु नेकपाका प्रवक्ता श्रेष्ठलाई भेट्न उनको आफ्नै निजी निवास पुगेका थिए । सोही नेताहरु सँगको भेटवर्तामा श्रेष्ठले लिपुलेक क्षेत्रको विवादमा भारत मात्र दोषी नभएको पनि बताएका छन् ।

नेकपाका नेता श्रेष्ठले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा कसैसँग अर्थात कुनै पनि राष्ट्रसँग कुनै किसीमको सम्झैता हुन नसक्ने नेताहरु सँगको भेटवर्तामा बताएका छन् ।

पहिलाको भारतीय राजदुतहरुको जस्तै अहिले चिनीयाँ राजदुतहरुले नेपालको राजनीतिमा हस्तक्षेप गरेको उनले बताएका छन् । उनले भने ‘पहिलाको भारतीय राजदुतहरुले नेपालको राजनीतिमा हस्तक्षेप गरेझैँ अहिले चिनीयाँ राजदुतहरुले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै छन् ।’

नेकपाका नेता श्रेष्ठले चिनीयाँ राजदुतहरुले नेपालको राजनीतिमा हस्तक्षेप गरेको भन्दै आक्रोश समेत पोखेका छन् । नेपालको राजनीतिमा चीन लगायत कुनै पनि राष्ट्रले हस्तक्षेप गर्नै नहुने उनको भनाई थियो ।

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्