Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको सगरमाथाबारे विश्वमा भ्रम छरेको भन्दै सिन्धुलीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

छिमेकी देश चीनले आफ्ना मिडिया मार्फत सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेकाे भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् ।

सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा जागरुक युवाहरुको समूहले चिनीयाँ राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।

नेपालको झण्डा बोकेका युवाहरुले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरे ।

केही दिन अघि चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेका उल्लेख गर्दै ट्वीट गरेको थियो ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो ।

जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो । सो विषयलाइ लिएर नेपालीहरुले समेत सामाजिक सञ्चालमा चीनको विरोध जनाइरहेका छन् ।

गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।

प्रकाशित मिति: May 10, 2020

प्रतिक्रिया दिनुहोस्