Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्घाखाँचीमा हावाहुरीले ९ घरको छाना उडायो, २५लाखभन्दा बढीको क्षति

प्रदेश नं ५ स्थित अर्घाखाँचीको शीतगंगा नगरपालिकाका ९ घरका छानो हावाहुरीले उडाएको छ ।

त्यसबाट २५ लाखभन्दा बढीको क्षति भएको छ । वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित ९ जनाको घर र सात जनाको गोठको छानो उडाउँदा लाखौँको क्षति भएको जिल्ला समन्वय समिति सदस्य बलेन्द्र विश्वकर्माले बताए ।

हुरीले उडाएको छानाले दुई मोटरसाइकल तथा एउटा जिपमा समेत क्षति पुगेको छ । वडा नम्बर ८ मा केरा खेतीमा क्षति पुगेको छ । यस्तै वडा नम्बर १० मा केही घरगोठ हुरीले उडाएको छ ।

 

प्रकाशित मिति: May 8, 2020

प्रतिक्रिया दिनुहोस्