Logo
२३ बैशाख २०८१, आईतबार
(May 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतमबुद्धको स्मृतिमा उनका सन्देशहरु सम्प्रेषण गर्दै साँझ ७ बजे द्वीप प्रज्वलन गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे द्वीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् ।

गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न आग्रह गरेका हुन् ।

घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन घर तथा संस्थाहरुमा द्वीप प्रज्वलनका लागि प्रधानमन्त्रीले अपिल गरेका हुन् ।

प्रधानमन्त्रीले कोरोनाभाइरसबाट जीवन गुमाएका तथा रोल्पा बम विस्फोटमा ज्यान गुमाएका प्रति पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै, उनले संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्