आफूविरुद्ध पूनः मोर्चाबन्दी गरेको भन्दै बैठकको सुरुवातमै दाहालसँग ओलीको रुष्टता सहितको गुनासो
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । बैठकको सुरुवातमै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट बनेका छन् ।
स्रोतकाअनुसार बैठकको सुरुवातमै आज प्रधानमन्त्री ओली अर्का अध्यक्ष दाहालसँग रिसाएका थिए । उनले शनिबारको सचिवालय बैठकअनुसार नेताहरु सहमतिमा नचलेको र गुटगत भेला जारी राखेकोमा आक्रोश पोखेका थिए ।
उनले खासगरी प्रवक्ता नारायणकाजी श्रेष्ठको घरमा अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र भलनाथ खनाल भेला भएको र आफूविरुद्ध पूनः मोर्चाबन्दी गरेकोमा गुनासो पोखेका थिए ।