प्रतिबन्धित ‘विप्लव माओवादी’का नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ
प्रतिबन्धित नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् । उनी अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् ।
शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्याएका थिए ।
चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको पुष्टि गरे । यद्यपि उनले नाम खुलाएनन् ।