Logo
२७ जेष्ठ २०८२, सोमबार
(May 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५० औँ वैवाहिक वर्षगाँठमा शुभकामना प्रदान गर्नेलाई पूर्वराजारानीद्वारा धन्यवाद

पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाहले वैवाहिक वर्षगाँठको ५० औँ वार्षिकोत्सवका अवसरमा शुभकामना प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

बुधबार एक धन्यवाद सन्देश जारी गर्दै पूर्व राजा-रानीले शुभकामनाका मंगलकारी अभिव्यक्ति पोख्ने सबैलाई सद्भावपूर्वक धन्यवाद व्यक्त गर्न चाहेको उल्लेख गरेका छन् ।

दुई आत्माको सम्मिलन र प्रेम सम्बन्धको शुभअवसरका रुपमा रहेको विवाह संस्कार जीवन व्यवहारको सारसुत्र रहेको पनि सन्देशमा उल्लेख छ ।

पूर्वराजा-रानीले हिन्दु संस्कृतिको उच्चतम संस्कारका रुपमा मानिने विवाहपछिका ५० वर्ष आफूहरुले पूरा गरेको जनाएका छन् ।

 

प्रकाशित मिति: May 2, 2020

प्रतिक्रिया दिनुहोस्