Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिसँगको टेलिफोन वार्तापछि सत्तारुढ प्रमुख नेताहरुसँग चिनियाँ राजदूतको भेटघाट तीव्र

चिनियाँ राजदूत हाउ याङछीले काठमाडौंमा सत्तारुढ प्रमुख नेताहरुसँग भेटघाट तीव्र बनाएकी छन् ।

गत सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चीनफिङबीच टेलिफोन वार्ता भएपछि उनले सक्रियता बढेको हो ।

कोरोना संक्रमण र लकडाउनको यथास्थितिमाझ राजदूत याङछीले शुक्रबार बिहान मात्रै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् ।

नेकपा अन्तर्राष्ट्रिय विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दुवै नेतासँग राजदूत याङ्छीले उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।

भेटमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षबारे कुराकानी भएको रिजालले जानकारी दिए । कोरोना संक्रमणमाझ आवश्यक मेडिकल सामग्रीको अभाव बेहोरिरहेको नेपाललाई चिनियाँ पक्षले गर्ने निरन्तरको सहयोग र उपचार पद्धतिमा पुर्याउन सक्ने सहयोगकाबारे राजदूत याङ्छीले प्रतिबद्धता जनाएकी थिइन् ।

यसैगरी, नेकपा अन्तर्राष्ट्रिय विभागको प्रमुखको हैसियतमा गत बुधबार पूर्वप्रधानमन्त्री नेपालले चिनियाँ अन्तर्राष्ट्रिय पार्टीका समकक्षी सङ् ताओसँग कोभिड–१९ को चुनौतीमाझ सामना र सहकार्यबारे २ घण्टा लामो भिडियो कन्फरेन्स गरेका थिए ।

नेता नेपालको फेसबुक पेजअनुसार उक्त कन्फरेन्समा उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टीको प्रदेश इन्चार्जहरूसमेत उपस्थित थिए ।

प्रकाशित मिति: May 1, 2020

प्रतिक्रिया दिनुहोस्