Logo
२२ जेष्ठ २०८२, बुधबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीमा प्रधानमन्त्री ओली एक्लिएसंगै बामदेवलाई सांसद बनाउन उपचुनावको अर्को अस्त्र

नेपाल कम्युनिस्ट पार्टीभित्र उपाध्यक्ष बामदेव गौतम सुरथको एक्का भएका छन् । विवाद उत्कर्षमा पुगिरहँदा २० वैशाखमा सचिवालय बैठक बस्दैछ ।

त्यसले वार पारको मार्ग कोर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लिएसंगै संसदीय दलमा बहुमत नभएपछि बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकेका छन् ।

तर, बामदेव सांसद छैनन् । उनलाई राष्ट्रियसभामा लगेपनि संविधानले प्रधानमन्त्री बन्न दिदैन । बामदेवलाई ओलीले वास्तवमै प्रधानमन्त्री बन्न सहयोग गर्न लागेको हो भने विकल्प नभएका होइनन् ।

कि त बामदेवले अर्को चुनाव कुनुपर्छ कि त उपचुनावबाट चुनिएर आउनुपर्छ । रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनापछि बामदेवले उम्मेदवार बन्ने तयारी नगरेका होइनन् ।

तर, पोखरातिरबाट उनका विश्वासपात्रहरुले अन्तर्घातको पूर्वतयारीको सुचना पठाए । उनी पछि हटे । रवीन्द्र पत्नी विद्या भट्टराईले चुनाव जितिन् ।

बामदेवले राष्ट्रियसभामा जान शर्त राखेका थिए । उनले संविधान संशोधन गरी राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने प्रावधान राख्न भने । तर, ओली, प्रचण्डलगायतका नेताहरु तै चुप मैं चुप भए ।

अहिले बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीबाट आएको छ । विकल्प नभएको होइन । त्यसका लागि उनका लागि कुनै सिट खाली गर्नुपर्छ । बामदेवलाई सिट छाड्न तयारहरु नभएका होइनन् ।

रामवीर मानन्धरले काठमाडौंबाट सिट छाड्छु भनेका थिए । रामवीरले जितेको क्षेत्र नेकपाको सुरक्षित क्षेत्र हो । तर, पछि कुरा बिग्रियो । जे होस् त्यति बोल्दा रामवीरले पुरस्कारस्वरुव शहरी विकास मन्त्रालयमा राज्यमन्त्री बन्ने मौका पाए ।

बामदेवका लागि उपचुनाव गराउन नसकिने नभएको नेकपाभित्र नै भन्न थालिएको छ । डोल्पाबाट धनबहादुर बुढाले छाडेर बामदेवलाई चुनाव लडाउने विषय पनि आएको थियो ।

तर, कुरा बिग्रियो । अहिले पाल्पाका दलबहादुर राना मगर बामदेवका लागि छाड्न तयार भएको बुझिएको छ । दलबहादुर बामदेवका विश्वासपात्र हुन् । उनी पाल्पाबाट सानदार मत ल्याएर जितेका थिए । त्यहाँ नेकपाको गढ मानिन्छ ।

कास्कीका खगराज अधिकारीको पनि कुरा नआएको होइन । त्यहाँ पनि नेकपाको गढ मानिन्छ । तर खगराजले जितेको भन्दा दानबहादुरले जितेको क्षेत्रमा चासो दिइएको छ ।

बामदेवलाई साँच्चै प्रधानमन्त्री बनाउन खोजिएको हो भने यसतर्फ प्रक्रिया थाल्नुपर्ने उनी पक्षधरको भनाई रहेको छ । यसका लागि ओलीका विश्वासपात्रहरुसँग बामदेवका मान्छेहरुले कुरा बढाइसकेका छन् ।

प्रकाशित मिति: May 1, 2020

प्रतिक्रिया दिनुहोस्