Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

प्रदेश नं २ स्थित बारा र पर्सा जिल्लामा आज बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका २ र पर्साका १जनामा पोजेटिभ आएको हो । ३ नै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

आज थपिएका ३ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या जम्मा ५७ पुगेको छ । कोरोना संक्रमित भएका विरामी मध्ये १६ जना निको भइ घर र्फकिएका छन् ।

उनीहरु मध्ये ३ जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।उनीहरु मध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए ।

 

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्