Logo
५ जेष्ठ २०८१, शनिबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेडियो नेपालले भट्टराईको अन्तर्वार्ता नै ‘डिलिट गर्‍यो’ [डिलिट गरिएको अडियो सहित]

पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अन्तरसंवाद कार्यक्रमलाई दिएको अन्तर्वार्ता रेडियो नेपालले हटाएको छ। सोमबार विहान अन्तरसंवादका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई अतिथि थिए।

२८ मिनेट लामो उक्त कार्यक्रम समाचार महाशाखा प्रमुख नवराज लम्सालले सञ्चालन गरेका थिए।
अनलाइन http://radionepal.gov.np भित्र अडिओ ग्यालरीमा राखिएको अन्तरसंवादको सोमबारको अंक रेडियो नेपालले हटाएको हो।

विहान ६:३० बजे प्रत्यक्ष (लाइभ) प्रशारण भएको उक्त कार्यक्रममा भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै राखेका विचार र प्रयोग गरिएका भाषामा पनि रेडियो नेपालले दु:ख व्यक्त गरेको छ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अशिष्ट भाषा बोलेकोले आफूहरूलाई दुखीत तुल्याएको बताएका छन् ।

‘उहाँले भष्मासुर भन्ने शब्द प्रयोग गर्नुभएको थियो। सांसद अपहरण भन्ने कुरा पनि गर्नुभयो।

यी कुराहरू प्रधानमन्त्रीज्यूलाई लक्षित थिए,’ कार्कीले भने, ‘ती शब्दहरू रेडियो नेपालजस्तो संस्थाले प्रशारण गर्न हुँदैनथ्यो। लाइभ कार्यक्रम भएकोले प्रशारण भयो। सम्पादन गर्न सकिने कुरा भएन।’

जनतालाई रेडियो नेपालबाट अशिष्ट शब्द सुनाउन नहुने भएकोले आफूले विज्ञप्ति निकालेरै क्षमा मागेको पनि कार्कीले बताए।

 

सुन्नुहोस् अडियो :

प्रतिक्रिया दिनुहोस्