Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी कम्पनीको कोरोना भाइरस संक्रमणविरुद्ध परीक्षण गरिएको औषधि असफल

अहिले विश्वमुलुकनै कोरोनाको चपेटामा परेको अवस्थमा अमेरिकी गिलिड साइन्स कम्पनीले बनाएको कोरोना भाइरसको विरुद्ध औषधिको पहिलो परीक्षण असफल भएको छ ।

परीक्षणका क्रममा जम्मा २ सय ३७ जना कोरोनाका बिरामीमध्ये १ सय ५८ जनालाई रिमडेसिभिर औषधि दिइएको थियो भने बाँकीलाई प्लेसबो दिइयो । एक महिनापछि रिमडेसिभिर लिने बिरामीहरूमध्ये १३.९ प्रतिशत बिरामीको मृत्यु भयो । जबकि प्लेसबो लिने बिरामीहरूमध्ये १२.८ प्रतिशतको मात्र मृत्यु भयो ।

यस औषधिको साइड इफेक्टका कारण परीक्षण पहिले नै रोकिएको थियो । यो औषधि निर्माणमा एक अमेरिकी कम्पनी गिलियड विज्ञान लागिपरेको थियो भने परीक्षण चीनमा भएको बिबिसीले जनाएको छ ।

रिमडेसिभिर औषधिको बारेमा धेरै आशा थियो । तर यो औषधि दिएका बिरामीमा कुनै सुधार देखिएन । यसको मतलब कीटाणुनाशक औषधि दिनाले बिरामीको रगतमा कीटाणुहरू कम भएन । यस असफलताको रिपोर्ट डब्ल्यूएचओले प्रकाशित गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको र शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको हो ।

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्