Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, अब संख्या ४७ पुग्यो, दुई जना संक्रमित निको भएर डिस्चार्ज

नेपालमा थप दुई जनामा कोरोना भाइरस -कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।

यसैबीच पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो उनीहरू आजै डिस्चार्ज भएको जानकारी दिए।

चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्