Logo
५ जेष्ठ २०८१, शनिबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिपत्रको धज्या उडाउँदै हंसपुर नगरपालिकाद्वारा पिकअप गाडी खरिद गर्न टेण्डर अह्वान

संघीय सरकारको अर्थ मन्त्रालयले कोरोनाको जारी संकटबीच अत्यावश्यक बाहेक अन्य शिर्षकको बजेट खर्च नगर्न परिपत्र गरेता पनि प्रदेश २ स्थानीय तहले उक्त परिपत्रको धज्या उडाएका छन् ।

अर्थ मन्त्रालयले प्रदेश र जिल्ला स्थित रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयहरुद्वारा अन्य शिर्षकको बजेट भुक्तानी नगर्न परिपत्र गरेको थियो ।

यधपी धनुषा स्थित हंसपुर नगरपालिकाले भने टेण्डर अह्वान गर्दै पिकअप जिप, मोटरसाइकल र लेडिज साइकल खरिद गर्ने भएका छन् ।

स्थानीयले पालिकाको नियम बिपरित कार्य भन्दै बिरोध गर्न थालेका छन् । ‘अहिले गरिब जनता खान नपाएको बेलामा नगरपालिकाले जनताको स्वस्थ तथा खाध्यान बारे ध्यान दिनु पर्छ ।’ स्थानीय बिमलेश साह लगायतले त्यसको विरोध गरेका छन् ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्