Logo
५ जेष्ठ २०८१, शनिबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीको सुर्नया गाउँपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता घर घरमै वितरण

सुदुरपश्चिम स्थित बैतडीको सुर्नया गाउँपालिकाले घरमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत गरेको छ ।

गाउँपालिकाको वडा नं ३ को कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।  कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहेपछि घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको वडा नं ३ का वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए ।

गाउँपालिकाले दोस्रो चौमासिकका सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।

पहिलो दिन बिजुल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा वडाध्यक्षसँगै गाउँपालिका उपाध्यक्ष लीला विष्ट, वडा सचिव दानसिंह विष्ट, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

यसपछि बाँस र गोयलीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ भने वैशाख ९ गते डुङरीमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष भट्टले जानकारी दिए ।

वैशाख १० गते तडीगाउँ र साविकको भौनेलीको वडा नं २ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइएको छ । सुर्नया गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले जानकारी दिए ।

बैतडीको दोगडाकेदार गाउँपालिकाले लकडाउनको उल्लङ्घन गरेर कुखुरा वितरण गरेको प्रतिनेपाली काँग्रेस दोगडाकेदार गाउँपालिका समितिले गम्भीर ध्यानाकर्षण भएको छ ।

काँग्रेसका सो गाउँपालिका समितिका सभापति नन्दराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिका आफैँ गरेको निर्णय उल्लङ्घन गर्दै, लकडाउनको अवज्ञा गर्दै कुखुरा वितरण गरेको उल्लेख गरिएको छ ।

लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहत वितरण गर्नु सट्टा कुखुरा वितरण गरेर लकडाउनको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

यस्तै गाउँपालिकाले कार्यकर्तामुखी हिसाबले राहत वितरण गरेको र राहतमा समेत भेदभाव गरेको काँग्रेसले जनाएको छ ।

लकडाउनको पूर्ण पालना गर्नका लागि सक्रिय रहनुपर्ने निकायले नै लकडाउनको उल्लङ्घन गर्नु गलत भएको काँग्रेसले ठहर गरेको छ ।

दोगडाकेदार गाउँपालिकाले विभेदकारी र निषेधकारी कामको शुरुआत गरेकाले काँग्रेस यो कार्यप्रति आपत्ति प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ ।

अबका दिनमा लकडाउनको पूर्ण पालना गर्न र गराउन र समस्यामा परेका नागरिकलाई राहत वितरण गर्न काँग्रेसले विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ ।

गाउँपालिकाले आइतबार विभिन्न वडामा ७०० कुखुरा वितरण गरेको थियो ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्