Logo
३१ बैशाख २०८१, सोमबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पनौती युवा मञ्चद्वारा मजदुर र बालबालिकालाई निःशुल्क खाना ख्वाउँदै

बाग्मती प्रदेश स्थितकाभ्रेपलाञ्चोकको पनौतीमा रहेको पनौती युवा मञ्चले बन्दाबन्दीका कारण खाना खान नपाएर भोकै भएका रिक्सा चालक, गाडी मजदुर र सडक बालबालिकाका लागि खाना ख्वाउने व्यवस्था गरेका छन् ।

पनौतीमा रहेको पनौती युवा मञ्चले बन्दाबन्दीका कारण खाना खान नपाएर भोकै भएका रिक्सा चालक, गाडी मजदुर र सडक बालबालिकाका लागि खाना ख्वाउने व्यवस्था गरेपछि सो सामूहिक मेस मिलेको हो ।

पनौती-बनेपा-काठमाडौँ चल्ने बसका सहचालक प्रकाश थामीले बन्दाबन्दीपछि अहिलेसम्म अरुले जुटाइएको सामूहिक व्यवस्थामा खाना खाँदैआएका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ का थामी होटलमा नै खाने र गाडीमा सुत्ने गरेर जीवन धान्दै आएकामा बन्दाबन्दीमा होटलहरु बन्द भएपछि तीनचार दिनसम्म पानी र चिउरा मात्रै खाएर बसेका थिए ।

 

काम खोज्न घरबाट निस्कीएका उनी पहिला धुलिखेल–काठमाडौंको बसमा डेढ वर्षजति काम गरेर अहिले पनौती काठमाडौंको गाडीमा काम थालेका छन् ।

“काम हुने बेलामात दिनको आठ सयसम्म कमाउँछ, त्यसबाट खाने र बचेको घरमा पठाउने गर्दै आएको थिएँ ।” उनले भने, “कोरोनाको कारण काम नहुँदा यसरी खानाको व्यवस्था भएर राम्रो भएको छ ।”

सोही रुटका सहचालकको काम गर्दै आएका खानीखोला गाउँपालिका वडा नं. २ फलामेटारका अर्का मजदुर कुमार तामाङले पनि त्यहीँ सामूहिक रुपमा खाना खाएर गाडीको सुरक्षा गर्दै आएको बताए ।

उनी पनि बिना कोठा गाडीमा नै सुत्ने र होटलमा खाना खाएर जीवन गुजारा गर्दै आएका थिए । काम गरेवापत् साहुले खानाबाहके अरु सुविधा नदिएको बताउँने उनको सीप सिकेर चालक बन्ने धोको छ ।

पनौती बजारमा नै अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आएका तारा लामाले पनि सोही ठाउँमा खाना खाने र चार महिनाको काखे बालकसहित अर्का एक छोरीलाई त्यही खाना ख्वाएर जीवन धान्दै आएका छन् ।

दैनिक अर्काको काम गरेर हातमुख जोड्ने काम गर्दै आएकामा बन्दका कारण त्यो पनि गुमेपछि अरुले बाँडिदिएको ठाउँमा गएर पेट भर्ने गर्दै आएको बताए ।

पनौती बजारमा रिक्सा चलाएर जीविकोपार्जन गर्दे आएका ललितपुरको भट्टेडाँडाका जयराम दुलालको पनि खाना त्यही समूहमा हुँदै आएकोे छ ।

तीन चार वर्षदेखि पनौतीमा रिक्सा चलाउने काम गर्दै आएका उनले स्थानीय युवाहरुले सबैलाई खाना ख्वाउन थालेपछि खान पाइएको बताए ।

मञ्चका अध्यक्ष सौगात बस्नेतले लकडाउनका कारण धेरैले खाना नै नपाउने अवस्था देखेपछि नगरपालिका प्रमुख भीम न्यौपाने र पनौतीको प्रहरीसँग अनुमति लिएर खाना ख्वाउने काम शुरु गरेको बताए ।

यहाँ दैनिक ४५ जना सम्मलाई दिनको दुई पटक खाना ख्वाइएको छ । खानाका लागि स्थानीय जिटी रेष्टुरेण्टका सञ्चालक सञ्जय सिं ठकुरीले सहयोग गरिरहेको छ ।

त्यससँगै बाटोमा हिँड्ने यात्रुहरुलाई पनि खाना ख्वाउने व्यवस्था गरिरहेको छ । त्यसरी सहयोग गर्नेमा ५ जना देखि १० जना मञ्चका सदस्यहरुले स्वंयसेवकको रुपका काम गरिरहेका छन् ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्