Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना असर : अन्तर्राष्ट्रिय तेल बजारमा दुई दशकयताकै ठूलो गिरावट

कोरोना सङ्कटको कारण यो पछिल्लो दुई दशकमा कच्चा तेलको मूल्यमा सबैभन्दा ठूलो गिरावट छ । सो अमेरिकामा सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारलको मूल्य १५ डलरले घटेको छ ।

कोरोना सङ्कटको कारण विश्वभर तेलको मागमा कमी आउनु र उत्पादन कम गर्न गरिएको सम्झौतामा ढिलाइ हुनुलाई मुख्य कारक मानिएको छ ।

सोमबारको सुरुवाती कारोबारको दौरान अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लयूटीआई) मा १९ प्रतिशतभन्दा धेरै गिरावट देखिएको हो ।

अन्तर्राष्ट्रिय ब्रेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्यमा ४ दशमलव १ प्रतिशतले गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल २६ दशमलव ९३ डलरसम्म गिरावट आएको थियो ।

पछि प्रति ब्यारल २८ दशमलव ११ डलर पुग्यो । कच्चा तेलको मूल्यमा उच्च गिरावटसँगै प्रति ब्यारलको मूल्य १४ दशमलव ७३ सम्म पुगेको थियो । तर केही बेरमा बजार स्थिर भयो र प्रति ब्यारलको मूल्य १५ दशमलव ७८ डलर पुग्यो ।पछिल्लो समय कोरोना सङ्कटलाई ध्यानमा राख्दै लकडाउन र यात्रामा लगाइएको प्रतिबन्धका कारण यसको असर विश्वभरको तेल बजारमा परेको छ ।

यसअघि निकै लामो समयसम्म तेल उत्पादक देशहरुको समूह (ओपेक) को प्रतिनिधि साउदी अरब र रुसमा तेल उत्पादन कम गर्ने विषयमा सम्झौता हुन सकेको थिएन ।

तर पछि रुस र साउदी अरबमा सम्झौता भएको थियो । यो सम्झौताका अनुसार ओपेक र ओपेक प्लस देश प्रतिदिन झण्डै एक करोड ब्यारल उत्पादन कम गर्न सहमत भएका थिए ।

सम्झौता बाबजुद तेल बजारको सङ्कट कम भएको छैन र लगातार तेलको मूल्य घटिरहेको छ । विशेषज्ञका अनुसार तेलको मागमा आएको कमीलाई उत्पादन कम गरेर नियन्त्रण गर्न सकिन्छ

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्