Logo
३० बैशाख २०८१, आईतबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के चीनले कोरोना भाइरस बनाएकै हो ? उत्पत्तिबारे अनुसन्धान गर्न अनुसन्धानकर्ता जाँदै

यतिबेला सबैभन्दा ठूलो कोरोना संकट अमेरिकामाथी परेको छ । सुपर पावर देश अमेरिका इतिहासमै पहिलो पटक संकटकालसँग जुधिरहेको छ ।

यसैवीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीबारे अनुसन्धान गर्न अमेरिकी अनुसन्धानकर्ताहरु चीन जान चाहेको बताएका छन् । उनले त्यसबारे चीनसँग कुराकानी भइरहेको खुलाएका छन् ।

आइतबार कोरोना भाइरस टास्स फोर्सलाई ब्रिफिङ गर्ने क्रममा ट्रम्पको भनाई उदृत गर्दै सीएनएनले लेखेको छ, हामी चीनसँग कुरा गरिरहेका छौं ।

हामी त्यहाँ जान चाहन्छौं । अमेरिकामा कोरोना संक्रमित संख्या ४० हजार नाघेको अवस्थामा ट्रम्पको भनाई सार्वजनिक भएको हो । यसअघि ट्रम्पले शुक्रबार पत्रकार भेटमा कोरोना महामारीको उत्तपत्तिबारे अनुसन्धान भइरहेको उत्तर दिएका थिए ।

चीनको प्रयोगशालामा कोरोना उत्पत्तिको विषयबारे सोध्दा उनले भने, यहाँ धेरै अचम्मका घटनाहरु भइरहेका छन् तर वास्तविकता पत्ता लगाउन यसबारे धेरै अनुसन्धानहरु भइरहेका छन् ।

उनले कोरोना भाइरस चीनबाट नै उत्पत्ति भएको ठोकुवा गरे । उनले भने, ‘यो जे जसरी जुन तरिकाबाट आएको हो तर चीनबाट नै आएको हो ।’

ट्रम्पले कोरोनाको कृत्तिम विकास अझै अनुसन्धानमा रहेको बताउनुले कोरोनाको विषयमा अमेरिका अझै आशंका गरिरहेको बुझ्न सकिन्छ ।

अमेरिका कोरोना भाइरसको उत्पत्तिबारे आशंका गरिरहेको छ । अमेरिकी अधिकारीहरु यसलाई प्राकृतिक नभई कृत्तिम मान्छन् ।

यसअघि अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजले वुआनको एउटा प्रयोगशालाबाट कोरोना भाइरस बनेको भन्दै रिपोर्ट नै बनायो । उसले चीनमाथि कोरोना भाइरस कृत्तिम रुपमा बनाएको आरोपसहितको रिपोर्ट नै बनाएको थियो ।

फक्स न्युजको समाचारप्रति चीनले कडा आपत्ती जनाइसकेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यसलाई आधारहिन भनिसकेका छन् ।

गत बिहिबार फक्स न्युजले चीनले भाइरस बनाएको भन्दै रिपोर्ट बनाएपछि सनसनी मच्चिएको थियो । यसअघि अमेरिकी विदेशमन्त्री माइकल पम्पिओले चिनियाँ अधिकारीहरुले वुआनको प्रयोगशालामा विदेशी विज्ञहरुलाई पहुँच दिनुपर्ने बताएका थिए ।

कोरोनाको कृत्तिम उत्पत्ति भएको भनिएको प्रयोगशालामा विज्ञहरुलाई अनुसन्धानको अनुमति दिनुपर्ने उनको भनाई थियो ।

यसैगरी, रुसले पनि कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान भइरहेको जनाइसकेको छ । वैज्ञानिकहरुमा पनि कोरोना भाइरस कृत्तिम हो कि प्राकृतिक भन्नेमा मत बाझिएको छ ।

यसअघि अष्ट्रेलियाले पनि चीनले कोरोना भाइरसको उत्तपत्तिबारे प्रष्ट पार्नुपर्ने बताएको थियो । उसले चीनमाथि धेरै तथ्य लुकाएको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्