Logo
३१ बैशाख २०८१, सोमबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको समेत स्वामित्व रहेको होटेल हायात रिजेन्सीलाई बन्द गर्ने घोषणा

सरकारको समेत स्वामित्व रहेको हायात रिजेन्सी होटेल असारसम्म बन्द हुने भएको छ । ९ चैतबाट व्यवसायिक संचालन बन्द रहेको यो होटेलले आइतबार एक सूचना प्रकाशित गर्दै होटेल १६ असार २०७७ (३० जुन २०२०) सम्म बन्द हुने जानकारी गराएको हो ।

होटेलले हायात रिजेन्सी काठमाडौंका सम्पूर्ण कामदार, कर्मचारी र व्यवस्थापकलाई १६ असारसम्म जगेडामा राख्ने निर्णय गरेको महाप्रवन्धक रामदासको भनाइ छ । जगेडामा रहेको अवधिमा कर्मचारी तथा श्रमिकले आधा तलव पाउने भएका छन् ।

लकडाउन खुलेको अवस्थामा पनि होटेल पूर्ण रुपमा सुरक्षित र व्यवसायिक रुपमा संचालन गर्न नसकिने भन्दै होटेल असारसम्म नै बन्द गर्ने निर्णय भएको होटेलका महाप्रवन्धक राजेश रामदासले उल्लेख गरेका छन् ।

कार्यस्थलमा संक्रामक रोगको रोकतथा तथा नियन्त्रणको समुचित व्यवस्था नभएसम्मका लागि होटेल बन्द गर्नु परेको उनको भनाई छ । कर्मचारी समेत होटेल सम्म आउन सक्ने सुनिश्चितता नभएको भन्दै होटेल बन्द हुने अवधी बढाइएको होटेलले जनाएको छ ।

परिस्थितिको मूल्यांकन गर्दै आगामी दिनमा थप निर्णय लिन सकिने व्यवस्थापनले उल्लेख गरेको छ । लकडाउनपछि व्यवसायिक रुपमा सेवा दिन सम्भव नभएपछि संचालन बन्द भएका ठूला र तारे होटेलहरुमध्ये हायातले सबै सेवा रोकेको घोषणा गरेको हो ।

अन्य पाँचतारे होटेलमा भने आपतकालीन समयमा सेवा दिने गरी कर्मचारीको व्यवस्थापन गरेका छन् ।

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्