Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुलसीपुर उपमहानगरपालिकाद्वारा मस्जिदको अनुगमन, मुसलमानले घरमै पढ्न थाले नमाज

प्रदेश नं ५ स्थित दाङको तुलसीपुर उपमहानगरपालिकाका मस्जिदको अनुगमन गरिएको छ ।

देशका विभिन्न स्थानका मस्जिदमा कोभिड-१९ संक्रमित मुसलमान लुकेर बसेको भन्ने सूचनाका आधारमा सो अनुगमन गरिएको हो ।

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार उपमहानगरपालिकाका नेपाली जामे मस्जिद, अबु बकर मस्जिद र फैजाने मुस्तफमा अनुगमन गरिएको हो ।

मस्जिदको अनुगमनमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, पूर्वसांसद अनारकली मियाँ लगायतको सहभागिता थियो ।

अनुगमनका क्रममा मस्जिदमा मौलाना (पुजारी) मात्रै रहेको पाइएको प्रमुख पाण्डेले बताए । मुसलमानले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको उनको भनाइ छ ।

हरेक दिन नमाज पढ्नका लागि मुसलमान मस्जिदमा आउने गरे पनि कोरोना संक्रमणको त्रासपछि भने पूर्ण रुपमा बन्द रहेको मस्जिद व्यवस्थापन समितिका पदाधिकारीले बताएका छन् ।

प्रमुख पाण्डेले तुलसीपुरबाट कोही पनि मुलसमान बाहिर नगएकाले संक्रमणको त्रास नभएको जिकिर गरेका छन् ।

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्