Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पैसा छर्ने’ आरोप लागेका महिलामा कोरोना संक्रमण देखिएन

जनकपुरमा पैसा छरेको आरोप लागेको महिलामा कोरोना संक्रमण नभएको पाइएको छ ।

पैसा छरेको आरोपमा पक्राउ परेका दुई जना महिलामध्ये एक जनामा रयापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो ।

तर ती महिलाका प्रयोगशालामा आरटी पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

गत शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेर यी दुई महिला फरार भएको आरोप लागेपनि आफ्नो पैसा झरेको ती महिलाले बताएका छ्न ।

यी दुबैलाई प्रहरीले शनिबार जनकपुरधाम वडा नम्बर ७ जानकीनगरबाट नियन्त्रणमा लिई प्रादेशिक अस्पतालमा रयापिड टेस्ट गराएको थियो । रयापिड टेस्ट पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्