Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ सरकारले हिजो पैदलयात्रुलाई लगेपछि थानकोटमा आज फेरि जम्मा भए २ सय भन्दा बढी

हिजो प्रदेश ५ सरकारले संघीय राजधानी काठमाडौं स्थित थानकोटबाट अलपत्र पैदलयात्रुलाई बसमा लगेपनी आजपनि थानकोटमा पैदलयात्रुहरु जम्मा भएका छन् ।

आइतबार विभिन्न भागबाट पैदल यात्रा गर्दै आएका २ सय बढी थानकोटमा जम्मा भएका छन्।

हिजो केही सांसदहरुको रोहवरमा ३ सय भन्दा धेरैलाई बसमा चढाएर पठाइएपछि फेरि २ सय भन्दा बढी त्रिभुवन पार्कमा जम्मा भएको थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हिजो रातिपछि विभिन्न ठाँउबाट आएर पार्कमा बसेकालाई के गर्ने भन्ने बारमा कुनै निर्णय भएको छैन। उनीहरु जम्मा भएको ठाउँ चन्द्रागिरी नगरपालिकामा पर्छ। तर, नगरपालिका यसरी मानिसहरुलाई राख्न तयार छैन।

चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरीले थानकोटमा उनीहरुलाई राख्न नसकिने बताए। उनले सयौं मानिसलाई राख्दा नगरपालिकालाई खतरा हुने बताए।

‘हिजो पनि चार सय मान्छेलाई राख्न सकिँदैन यसमा मेरो संलग्नता छैन भनेको थिएँ। पछि माननीयले घरतिर पठाइदिनु भयो। फेरि पनि नगरपालिका भित्र राख्न सकिँदैन,’ उनले भने।

आज बस्ने उपत्यकाका मेयरको बैठकमा अलपत्र परेकालाई घर पुर्‍याउनुपर्ने कुरा राख्ने बताए।

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्