Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा आधाभन्दा बढी कोरोना फैलाउने कारक ‘तबलिगी जमाती’ : भारत र मुस्लिम भयो बद्नाम

अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमित ३१ जनामध्ये १६ जना विभिन्न मस्जिदमा रहेका भारतीय जमातीहरु भएको तथ्यांकले देखाएको छ ।
उनीहरुमध्ये १३ जना प्रदेश १ स्थित उदयपुरको त्रियुगा नगरपालिकामा रहेको भुल्केस्थित मस्जिदमा भेटिएका हुन् । भने बाँकी ३ जना प्रदेश २ स्थित वीरगञ्जको छपकैयास्थित मस्जिदमा भेटिएका हुन् ।

मस्जिदमा भेटिएका अधिकांश तबलिगी जमातका अनुयायी हुन् । उनीहरुको केन्द्र दिल्लीस्थित निजामुद्दीनमा रहेको छ । उनीहरुका प्रमुख मौलाना असद हुन् । जमात इस्लामिक मिसिनरी हो जसले धर्म प्रचार देखि इस्लामको प्रभाव बढाउन भूमिका खेल्छ ।


तबलिगी जमातका प्रमुख मौलादा असद

भारतमा आधाभन्दा बढी कोरोना संक्रमणको कारण त्यही तबलिगी जमातको धार्मिक सम्मेलन रहेको खुलिसकेको छ । जमातीहरुको खोजी हुँदा कतिपय भागेर भारतको विभिन्न राज्य पुगेको खुलेको थियो । उनीहरुमध्ये कतिपय नेपाल छिरेका थिए ।

नेपालको मस्जिदमा भेटिएका कोरोना संक्रमितमध्ये सबैजसो विदेशी नागरिक छन् । उनीहरु भारतबाट नेपाल पसेको खुलेपनि सरकारले उनीहरु कहिले प्रवेश गरे भन्नेबारे तथ्य लुकाइरहेको खुलेको छ ।

लकडाउनपछि मात्र उनीहरु नेपाल पसेको विषय नियोजित रुपमा लुकाउनुले गम्भीर प्रश्न उठेको छ ।

फागुनको पहिलो साता सप्तरीमा भएको धार्मिक सम्मेलनमा सहभागी हुन उनीहरु नेपाल आएको दाबी गरिएको छ । त्यसपछि पनि उनीहरु नेपालभित्र रहेको सरकारी दाबीले अर्को विवाद ल्याएको छ ।

यसो हो भने नेपालमा कोरोना भाइरसको संक्रमण फागुनमै थियो भन्ने देखिन्छ । तर, हालसम्म नेपालमा देखिएका कोरोना संक्रमण आयातित नै देखिन्छ । धनगढीमा मात्र एक महिलालाई आन्तरिक रुपमा सरेको देखिन्छ ।

ललितपुरको इमाडोलस्थित मस्जिदमा भेटिएका इन्डोनेशियाली जमाती

तबलिगी जमातका अनुयायीहरु देशभर छरिएको भेटिएको छ । कोरोना भाइरसको संक्रमणले उनीहरुको प्रवेशको धेरै तथ्य बाहिर ल्याएको हो । उनीहरु काठमाडौं उपत्यकाका अलावा तराईका जिल्लाहरुमा बढी सक्रिय भएको देखिन्छ ।

कहाँ कति भेटिए :
ललितपुर, इमाडोलको मस्जिद- १३ इन्डोनेशियाली (हाल अन्यत्र क्वारेन्टाइनमा राखिएको)

सुनसरी, हरिनगर गाउँपालिकाको घुस्की मस्जिद- ६

महोत्तरीको एकडारा गाउँपालिकाको बहेडा गाउँ- १५

पर्साको पटेर्वा सुगौली गाउँपालिका- १

पर्साको जगरनाथपुर गाउँपालिकाको मस्जिद- १५

पर्सा वीरगञ्जको मस्जिदमा- २४ भन्दा बढी

पर्सा वीरगञ्जको छपकैया र बाराको सुकपुर मस्जिदमा- २४

पर्साको पटेर्वासुगौली गाउँपालिका कन्चनपुर

गदियानीस्थित मदरसामा- ११

कञ्चनपुर गदियानीस्थित मदरशा- ११

उदयपुरको भुल्केस्थित मस्जिदमा- १२

स्रोतः विभिन्न सुरक्षा स्रोत र पत्रपत्रिकाबाट

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्