Logo
३१ बैशाख २०८१, सोमबार
(April 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदयपुरमा कोरोना संक्रमितसँगै बसेका एक व्यक्ति भोक्राहा-नरसिंहमा पनि भेटिए

प्रदेश १ स्थित उदयपुर जिल्लाको भुल्केमा रहेको मस्जिदमा भेटिएका कोरोना संक्रमितसँगै बसेका एक व्यक्ति सुनसरीको भोक्राहामा फेला परेका छन् ।

कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्ति सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भेटिएका हुन् ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का ४६ वर्षिय व्यक्ति उदयपुरमा संक्रमित पाइएका भारतीय मुस्लिम नागरिकहरुको समूहमा १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनमा पठाइएको छ ।

नेपाल मुस्लिम संघका प्रदेश सभापति हाजी इसराइल मन्सुरीका अनुसार ४६ वर्षिय व्यक्तिको बारेमा स्थानीयले जानकारी दिएका थिए ।त्यसपछि उनलाइ प्रहरी सहितको टोलीले स्वास्थ्य परिक्षणसँगै क्वारेन्टाइनकालागि पठाइएको मन्सुरीले बताए ।

घरमा लुकेर बसेको अवस्थामा गाउँलेले सुचना दिएपछि मात्र ४६ वर्षिय व्यक्तिको विषय बाहिरिएको हो । पछिल्लो घटना क्रमले सो क्षेत्रमा अन्य व्यक्ति समेत लुकेर बसेको हुन सक्ने आशंकामा खोजी थालिएको छ ।

यसैबिच कोरोना संक्रमितको सम्पर्कमा रहेको पाइएका भोक्राहाका व्यक्तिलाई इनरुवा अस्पतालले घर फर्काएको विषय प्रति नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशले आपत्ति जनाएको छ ।

उदयपुरमा सँगै बसेका व्यक्तिमा कोरोना संक्रमण पाइदा उनीहरुसँगै रहेर फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा नपठाई सामान्य रुपमा लिएर फर्काउनु जायज नभएको अन्सारीको भनाई छ ।

भाइरस फैलन सक्ने जोखिम बढेको अवस्थामा तत्काल लक्षण नदेखिएको भन्दै फर्काइनु भोलिकालागि सम्भावित जोखिमको कारक बन्न सक्ने उनको भनाई छ ।

उता इनरुवा अस्पतालले भने परिक्षणको क्रममा कुनै शंकास्पद लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै बस्ने गरी घर फर्काएको जानकारी दिएको छ ।

यसैबीच भाेक्राहा ४ मा फेला परेका १२ जना भारतीयलाई पनि क्वारेन्टाइनमा पठाइकाे छ ।

प्रकाशित मिति: Apr 18, 2020

प्रतिक्रिया दिनुहोस्