Logo
३१ बैशाख २०८१, सोमबार
(April 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सप्तरी’का नभई दिल्लीबाट भागेका ‘जमाती’ : संक्रमित १२ भारतीयको यस्तो छ, ‘ट्राभल हिस्ट्री’

प्रदेश १ स्थित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा भेटिएका १२ कोरोना सङ्क्रमितहरु यसअघि वीरगञ्जमा भेटिएका ३ कोरोना संक्रमित संगै नयाँ दिल्लीबाट जोगवनी नाका हुदै नेपाल प्रवेश गरेको पाइएको छ ।

उनिहरु बिभिन्न स्थानका धार्मिक कार्यक्रममा सहभागी हुदै उदयपुरको भुल्के पुगेको खुलेको छ । ट्राभल हिस्ट्री अनुसार उनिहरु विराटनगर स्थित जोगवनी नाकाबाट नेपाल प्रवेश गरेको उदयपुर प्रहरीले जनाएको छ उनिहरु मोरगं, सुनसरी, सप्तरी हुँदै उदयपुर आईपुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीर बहादुर बुढामगरले जानकारी दिए ।

उनीहरु यसअघि वीरगन्जमा भेटिएका सङ्क्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए । १२ जनाको समूहसंग मोरङको विराटनगरबाट चार जना थपिएर उनीहरु मोरङ हुदै सुनसरीका बिभिन्न मस्जिद र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर हुँदै उदयपुर पुगेको पत्ता लागेको बुढामगरले बताए ।

उनिहरुले ती स्थानका मस्जिदमा धार्मिक शिक्षा दिँदै हिडेको पाईएको छ । प्रहरीका अनुसार गएको फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी भएका उनीहरु राजविराज हुँदै चैत्र ७ गते उदयपुर आइपुगेका थिए ।

उनीहरु उदयपुरका दुई वटा मस्जिदमा पुगेका थिए । उनीहरु चौदण्डीगढी नगरपालिका ५ शिवाईको मस्जिदमा पुगेर शिक्षा दिँदै लकडाउनको समयमा त्रियुगा नगरपालिका ३ भुल्केका मस्जिदमा आईपुगेका थिए ।

उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको प्रहरी प्रमुख मगरले बताए । त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ प्रहरीले सिल गरेको छ ।
भुल्केबाट थप कोरोना फैलिन नदिन आवश्यक अन्य स्वास्थ्य सुरक्षाका उपाय पनि अपनाएको मगरले बताए ।

नयाँ दिल्लीबाट जोगबनी नाका हुँदै उनीहरु जनवारीमा नेपाल प्रवेश गरेका उनिहरु भुल्के आउनु अगाडि उदयपुरकै चौदण्डी नगरपालिकामा रहेको मस्जिदमा बसेका थिए । मस्जिदमा भारतीय रहेको सूचना चैत १२ गते नै सुरक्षाकर्मीमा आएको थियो ।

उनिहरुले क्वारेन्टाइनमा बस्न नमानेपछि सुरक्षा निगारानीमा मस्जिदमै राखिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले दावी गरेको छ ।
सो स्थानका मुस्लिम अगुवाहरुले खानेकुरा मस्जिदमा लगिदिने गरेका उनीहरुमै कोरोना संक्रमण थियो या स्थानीयले सारे भन्ने विषयमा अध्ययन भइरहेको प्रशासनले जनाएको छ ।

कोरोना संक्रमितहरु भेटिएको भुल्केस्थित मस्जिदमा भने उनीहरु लकडाउन अगाडि नै पुगेको त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले दावी गरेका छन् ।

त्रियुगा नगरपालिकामा मेयर बलदेव चौधरीका अनुसार लकडाउन हुनेवित्तिकै मस्जिदहरुमा सर्च गर्दा भारतीय नागरिक फेला परेपछि कोरोना परीक्षण गरिदिन जिल्ला प्रशासन कार्यालय उदयपुर र प्रदेश सरकारलाई अनुरोध गरिएको थियो ।

तर आज भोलि भन्दै कोरोना परीक्षणमा ढिलाइ गरेकाले दुर्घटना भएको उनले बताए । उनले आफ्नो मागलाई प्रदेश सरकारले समयमै सुनुवाई नगरिदिएकाले समस्या आएको आरोप पनि लगाए । आफुले नगरपालिकाको तर्फबाट अनुरोध गरेको २२ दिन पछि मात्र परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको मेयर चौधरीले बताए ।

प्रकाशित मिति: Apr 18, 2020

प्रतिक्रिया दिनुहोस्