उपेन्द्र यादवको प्रश्न : ‘देशको बजेट धान्ने वैदेशिक रोजगारमा रहेकाप्रती सरकार किन उदासीन?’
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको २३ प्रतिशत बजेट धान्ने वैदेशिक रोजगारमा रहेका नेपालीप्रती सरकार उदासीन रहेकोे आरोप लगाएका छन् ।
समाजिक संजाल फेसबुक मार्फत विचार पोष्ट गर्दै उनले त्यस्तो आरोप लगाएका हुन् ।
उनको विचार जस्ताको त्यस्तै :
लगभग ६० लाख नेपालका नागरिकहरू विदेश ( भारत बाहेक) मा काम गरी रहेकाछन् , उनिुहरूले नै पठाएको Remittance अथवा वैदेशिक रोजगारीबाट कमाएको पैसाको भरमा देश चलेकोछ ।
कुल बजेटको लगभग २३ % भाग Remittance ले नै ऒगटेकोछ । तर विदेशमा रहेका नेपालीहरू अहिले भारत, मलेशिया , कतार , कोरिया, दुबई , सउदीअरब लगायतका मुलुकहरूमा बिचळीमा परी आफनै मातृभूमिमा आउन चाहेका छन् ।
तर सरकारले कुनै चासो नलिई बेवास्ता गरिरहेको छ । जून दुखद: र गैरजिमेवार काम पनि हो | नेपाल सरकारले उनिहरू आफनै मूलुकमा लयाउने काम चाँडै गरोस् ।