Logo
३० असार २०८२, सोमबार
(April 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली नियुक्त

हिजो बसेको मन्त्रिपरिषद बैठकले भूमि समस्यासम्बन्धी समाधान आयोगको अध्यक्षमा देवी प्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ।

चैत ९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको हो । भूमिसम्बन्धी ऐन आठौं संशोधन २०७६ मा भूमिको व्यवस्थापनका लागि आयोग गठन गरिने उल्लेख गरिएको छ ।

ज्ञवालीले स्थानीय तहको चुनावको बेला नेकपाका हालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालसँग भरतपुर महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए । तर मतगणना भैरहँदा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए ।

देवी ज्ञवालीले त्यति बेला निडर भएर कांग्रेस र माओवादी गठबन्धन विरुद्ध चुनाव लडेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन नै पुगेर प्रसंशा गरेका थिए ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले भूमि समस्यासम्बन्धी आयोगको अध्यक्षमा देवी प्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ।

चैत ९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको हो । भूमिसम्बन्धी ऐन आठौं संशोधन २०७६ मा भूमिको व्यवस्थापनका लागि आयोग गठन गरिने उल्लेख गरिएको छ ।

ज्ञवालीले स्थानीय तहको चुनावको बेला नेकपाका हालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालसँग भरतपुर महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए र उनी पराजीत भएका थिए ।

ज्ञवाली प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले रुचाएका नेताको रुपमा चिनिन्छन् । पार्टी एक भएपछि पार्टीले देवी ज्ञवालीको उच्च मूल्यांकन गरेको प्रचण्डले बताएका थिए ।

आयोगका सदस्यहरुमा पोखराका भिमबहादुर कार्की, सिन्धुपाल्चोकका,जगत देउजा, ललितपुरकी मञ्जली शाक्य र बाँकेका दिनेशचन्द्र यादव नियुक्त भएका छन् ।

प्रकाशित मिति: Apr 15, 2020

प्रतिक्रिया दिनुहोस्