रौतहट स्थित १९ वर्षीय युवकमा संक्रमणको पुष्टि, अब नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो
प्रदेश २ स्थित रौतहटमा पनि एकजना कोरोना संक्रमित भेटिएका छन् । ल्याब र र्यापिड टेस्ट गरि जम्मा १० हजार ९८२ जनाको कोभिड १९ परीक्षण गर्दा हालसम्म नेपालमा १४ जनामा संक्रमण भएको नेपाल सरकारले पुष्टि गरेको हो ।
वैशाख १ गतेबाट ५२ जिल्लामा र्यापिट किटबाट परीक्षण शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल विदेशबाट आएका ७,१६६ जना क्वारेन्टाइनमा रहेका छन् ।
२ जना थपिएकाहरु मध्ये कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवक थपिएका छन् ।