Logo
१६ कार्तिक २०८१, शुक्रबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संक्रमितको संख्या १२ पुग्यो : पर्सामा कोरोना देखिएकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिँदै

स्वास्थ्य मन्त्रालयले पर्साको वीरगन्ज महानगरपालिका- २, छपकैयास्थित मस्जिदमा बसिरहेका कोरोना देखिएका तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताएको छ ।

तीनवटा नयाँ संक्रमण भेटिएसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या १२ पुगेको छ। मन्त्रालयले केहीबेरअघि विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएकाहरु ३७, ५५ र ४४ वर्षका पुरुष रहेको पनि उल्लेख गरेको छ।

मस्जिदमा बसिरहेका २१ जनाको स्वाब नमुना हेटौंडामा गरिएको परीक्षण गर्दा तीनजनामा पोजेटिभ देखिएको र शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण गर्दा पोजेटिभ पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ।

उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनीहरुसँगै रहेका अन्यलाई क्वारेन्टाइनमा राखिएको छ। यी तीनैजना भारतीय नागरिक हुन्।

उनीहरुले आफूहरु चार महिनाअघि नेपाल प्रवेश गरेको दावी गरेका छन् भने स्थानीयले १० दिन पहिले मस्जिदमा आएको बताएका छन्।

 

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्