Logo
३१ बैशाख २०८१, सोमबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्को सूचना जारी नहुञ्जेलका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ।

मंगलबार बसेको परीक्षा बोर्डको बैठकले वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो।

‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ,’ बोर्डले मंगलबार निकालेको सूचनामा भनिएको छ, ‘विद्यार्थीले घरमै बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्नुहोला।’

यसअघि सरकारले चैतमा हुने माध्यमिक शिक्षा परीक्षा एसईई, त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयले लिने पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो।

प्रकाशित मिति: Apr 7, 2020

प्रतिक्रिया दिनुहोस्