Logo
५ जेष्ठ २०८१, शनिबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२०७७ सालमा दिइने सबै सरकारी बिदाको सुची सार्वजनिक [सूचि सहित]

संघीय सरकारले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको हो ।

०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षरिमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको छ ।

सरकारले पर्व बिदानमा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा दिएको छ ।

त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ । भदौ ५ गते शुक्रबार तीज बिदा दिएको छ भने जितिया पर्वमा पनि महिला कर्मचारीहरुको लागि बिदा दिएको छ ।

वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ । जात्रा बिदामा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा बिदा दिएको छ ।

त्यसैगरी दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिएको छ । तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ ।

गृह मन्त्रालयको सुचना जस्ताको त्यस्तै हेर्न यहाँ क्लिक गर्नुस्

यस्तो छ बिदाको सूचि :

 

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्