Logo
७ बैशाख २०८१, शुक्रबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महंगो गाडी आयातमा प्रतिवन्ध लगाउने सरकारी निर्णयको अटो मोबाइल्स व्यवसायीद्वारा स्वागत

सरकारले महंगा सवारी साधनको आयातमा रोक लगाएको छ । यो सँगै ६० लाखभन्दा महंगा गाडी नेपालमा भित्र्याउन पाइने छैन । सरकारको यो निर्णयलाई अटो मोबाइल्स व्यवसायीले स्वागत गरेका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिका गाडी आयातमा रोक लगाएको हो ।

सरकारले विलासी विस्तुको आयात रोक्ने नीति यसअघिदेखि लिँदै आएको थियो । अनावश्यक आयात नियन्त्रणमा कुरा गरे पनि सरकारले कुनै ‘बोल्ड’ निर्णय लिन नसकिरहेका बेला कोरोनाले अर्थतन्त्रमा उत्पन्न जोखिमका कारण महंगा गाडीको आयात रोक्नुपर्ने अवस्था सिर्जना भएको हो ।

देश संकटको अवस्था रहेकाले सरकारले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरेकाले यसलाई सकारात्मक रुपमा लिइएको नाडा अटोमोइल्स एसोशसियन अफ नेपालमा अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल विदेशी विनियम सञ्चितिलाई पर्याप्त राख्न गरिएको निर्णयलाई अहिलेको विषम परिस्थितिमा नकारात्मक भन्न नसकिने बताउँछन् ।

‘आगामी बजेटसम्मको अवस्था सहज छैन, विदेशमा गाडी उत्पादन गर्ने प्लान्टहरु पनि बन्द छन् । विक्री पनि घटेको छ,’ उनले भने,’त्यसैले संकट टार्न लिइएको निर्णयलाई सही मानेका छौं ।’

उनले आगामी बजेटले प्रतिवन्ध खुला गर्ने अपेक्षा रहेको भन्दै अत्यावश्यकीय वस्तु तथा सेवा खरिदका लागि विदेशी विनमय सञ्चितिमा सरकारको ध्यान पुग्नु जायज भएको उल्लेख गरे ।

नाडाका अनुसार यो निर्णयबाट केही महंगा गाडी बेच्ने कम्पनी प्रत्यक्ष मारमा पर्नेछन् । मुख्य रुपमा टोयोटा लगायतका ठूला गाडी विक्री गर्ने ब्रान्डलाई यो निर्णयले समस्यामा पार्नेछ ।

नेपाली बजारमा पकड जमाएका अन्य कम्पनीहरुले पनि १ करोडसम्मका एसयूभी विक्री गरिरहेकाले धेरौजसो व्यवसायीलाई यो निर्णयले प्रभावित गर्ने अवस्था छ । अध्यक्ष दुलालका अनुसार ६० लाखभन्दा महंगा गाडीको बजारमा नेपाल भित्रिने चारपांग्रे सवारीको १ प्रतिशत मात्रै हो भन्दै अनलाईनखबरमा समाचार उल्लेख छ ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्