Logo
७ जेष्ठ २०८१, सोमबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवलमा ४० बेडको आइसोलेसन तयार, कोरोना शंकास्मक ५ जना व्यतिको रिर्पोट नेगेटिभ

प्रदेश नं ५ स्थित रुपन्देहीको  बुटवलमा ४० बेड क्षमताको कोरोना विशेष आइसोलेसन अस्पताल तयार भएको छ ।

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सहकार्यमा बुटवलको धागो कारखाना भवनमा अस्थायी अस्पताल तयार गरिएको हो ।

अस्पताल बनाउन नेपाली सेना र नेपाल प्रहरीले ३ दिन श्रमदान गरेका थिए । भेन्टिलेटर सुविधासहित २ कोठामा ४० बेड तयार भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना उपचार फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए ।

अस्पतालबाहिर नेपाली सेनाले निर्माण गरेको टेण्टमा पनि बेडहरु राखिएका छन् । अस्थायी आइसोलेसन अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र प्राविधिकसहित १५ जना स्वास्थ्यकर्मी खटाइने मेडिकल सुपरीटेण्डेण्ट डाक्टर राजेन्द्र खनालले बताए ।

यसैबीच प्रादेशिक अस्पताल बुटवलबाट कोरोना संक्रमणको आशंकामा काठमाण्डौको टेकु अस्पतालमा नमुना परीक्षणका लागि पठाइएका पाँच जनाको रिर्पोट नेगेटिभ आएको अस्पतालले बताएको छ ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्