Logo
७ जेष्ठ २०८१, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भएन पुष्टि : पटनामा उपचाररत बिरगंज आदर्शनगरका शिवकुमार रूंगटा काेराेनामुक्त

भारत स्थित पटनामा उपचाररत रहेका प्रदेश २ स्थित बिरगंजका एक जना नेपालीमा रहेको कोरोना भाइरस  (कोभिड १९) को संक्रमण नरहेको पुष्टि भएको छ ।

आदर्शनगरका रूंगटा काेराेना संक्रमित भन्ने सामाचार विभिन्न सञ्चार माध्यम तथा समाजिक संजाल मार्फत अझैपनि अाईरहेकाे छ । यद्यपि उक्त समाचार गलत सावित भएको छ ।

नगरिक टाईम्सलाई भर्खर प्राप्त जानकारी अनुसार उनलाई रिपोर्टमा खबर गलत सावित भएको हो ।

रुङटाका छोरा अकाश रुङटाका अनुसार पुणेबाट चेकअप भई आएको रिपोर्ट अनुसार उनमा कोरोना न रहेको पुष्टि भएको हो ।

उनलाई काेराेना नेगेटिभ भएकाे पुष्टि भएको हो । सम्म भएकाे छैन । उनी केही दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनको पटना मेडिकल कलेजमा उपचार भईरहेको छ

यता पर्साका प्रमुख जिल्ला अधिकारी कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्