Logo
७ जेष्ठ २०८१, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट आएका सबैलाई अनिवार्य होम क्वारेन्टाइनमा राख्न गृहको निर्देशन

सरकारले भारतीय सीमाबाट नेपाल भित्रिएका नेपाली नागरिकलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

सीमा नाकाहरुमा चेकजाँच गरेर कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखिएकालाई अस्पताल लगिने गरिएको छ भने अन्य आ-आफ्नो घर जाने गरेका छन् ।

साथै होम क्वारेन्टाइनमा बसे नबसेको हेर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु पछिल्लो समय घर फर्किने क्रम बढ्दो छ ।

तर सबैको कुन जिल्ला, कुन स्थानीय तह र वडामा जाने हो, त्यसको विवरण राख्न भनिएको छ । यो विवरण सम्बन्धित जिल्ला वा स्थानीय तहलाई जानकारी गराइने छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा भन्छन्, ‘त्यसआधारमा क्वारेन्टाइनमा बसे, नबसेको हेर्न निर्देशन दिएका छौं ।’

मन्त्रालयले विदेशबाट आएको व्यक्ति होम क्वारेन्टाइनमा नबसेको पाइए खबर गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्