Logo
७ जेष्ठ २०८१, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबारे कुनैपनि जानकारीका गर्नुहाेस् यी १३ डाक्टरलाई सम्पर्क, चिकित्सक संघको मोबाइलबाटै सेवा

विश्वब्यापी बनेको कोरोना भाइरसबारे जानकारी वा परामर्श खाेज्नुभएकाे छ भने अब घरबाटै जानकारी पाउन सक्नुहुन्छ।

नेपाल चिकित्सक संघले सर्वसाधारणलाई मोबाइल फोनमार्फत कोरोना भाइरससँग सम्बन्धित परामर्श दिने भएको छ।

कोरोना भाइरससँग सम्बन्धि कुनै पनि परामर्शको आवश्यकता परेमा चिकित्सक संघका केन्द्रिय कार्यसमितिका विशेषज्ञ चिकित्सकलाई सोध्न सकिने छ।

संघले आइतबार सूचना निकाल्दै केन्द्रीय कार्यालयका विभिन्न विशेषज्ञ चिकित्सकहरुलाई सम्पर्क गरी सम्बन्धित विषय परामर्श सेवा लिने व्यवस्था मिलाएको जनाएको हो।

संघले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रिय समितिका १३ जना विशेषज्ञ चिकित्सकलाई मोबाइल फोनमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस संक्रमणबाट जोगिन आकस्मिक अवस्थाबाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान र घरमा नै सुरक्षित रुपमा बस्न अपिल समेत संघ ले गरेको छ।

संघको राजधानीबाहिरका शाखा कार्यालयका चिकित्सकले परामर्श सेवा प्रदान गर्न चाहेमा साथै डाक्टरहरुकै विशेषज्ञ समाजका प्रतिनिधि चिकित्सकलाई पनि नामावली र उपलब्ध समय तोकि संघमा जानकारी गराउन पनि अनुरोध गरेको छ।

परामर्शका लागि निम्नानुसार नाम र समयमा सम्पर्क गर्न सकिने छ : 

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्