Logo
७ जेष्ठ २०८१, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति क्षमताको क्वारेन्टाइन स्थल बनाइने

कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने भएको छ ।

उक्त क्षमताको क्वारेन्टाइन स्थल बनाउनका लागि काठमाडौं उपत्यकाभित्रका होटेल, होस्ट, स्कूल तथा रंगशालाहरुलाई उपयोग गरिने भएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको नेतृत्वमा आज बसेको पहिलो बैठकमा काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अट्ने क्वारेन्टाइन स्थल बनाउने र त्यसलाई आवश्यक परेका बेला अस्थायी अस्पतालमा समेत परिणत गर्न सकिने निर्णय गरेको हो ।

बैठकले पर्यटन विभाग र नेपाल पर्यटन विभागलाई होटेल व्यवसायीहरुसँग समन्वय गरी कम्तिमा २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटेलको स्थानसहितको विवरण तयार गर्न निर्देशन दिएको छ ।

यी दुई निकायले व्यवसायीसँगको समन्वयमा होटेलको तय गर्ने भएका छन् । प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तिमा दुई हजार क्षमताको क्वारेन्टाइन बनाउन स्थान दिनुपर्ने भएको छ ।

यी संस्थासँग भएका होस्टेल स्कूलको प्रयोग गरी क्वारेन्टाइन बनाउने निर्णय सरकारले गरेको हो ।राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टेल तथा रंगशालामा क्वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गरी कार्यदललाई जानकारी गराउन निर्देशन दिइएको छ ।

यी सबै निकायबाट कूल ५ हजार क्षमताको क्वारेन्टाइन उपत्यकाभित्र तयार पार्ने निर्णय भएको हो ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्