Logo
७ जेष्ठ २०८१, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको सुरक्षाका लागि अत्यावश्यक ५ स्वास्थ्य सामग्री निर्यातमा सरकारले लगायो रोक

विश्वभर महामारीको रुपमा फैलिरहेका कोरोना भाइरसको सुरक्षाका लागि अत्यावश्यक पाँच स्वास्थ्य सामग्री निर्यातमा सरकारले रोक लगाएको छ ।

सम्भावित जोखिममा आभाव नहोस भन्दै औषधि, मास्क, सेनिटाइजर, पीपीई र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पन्जा निर्यातमा रोक लगाएको भन्सार विभागले जनाएको छ ।

कोरोना सुरक्षाका लागि अत्यावस्यक बस्तुहरु निर्यातमा शनिबारदेखि रोकिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा स्वस्थ्यसँग अत्यावश्यक बस्तुको निर्यातमा रोक लगाइएको दाहालको भनाइ छ ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्