Logo
७ जेष्ठ २०८१, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई WHO0 को सुझाव : भारतसँगका जोडिएको सबै नाका तत्काल बन्द होस्

कोरोना भाइरसको संक्रमण र जोखीमबाट बच्नको लागि विश्व स्वास्थ्य संगठनले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ।

दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो।

नेपालसँग जोडिएको भारतको विहार राज्यमा पनि कोरोना भाइरस प्रवेश गरिसकेको छ। भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित भएको समाचारअनुसार विहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा २जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको पुष्टि भएको छ।

त्यसमध्ये सङ्क्रमित १ बिरामीको आइतबार मृत्यु भएको छ। स्वास्थ्य विभागका प्रमुख सचिव सञ्जय कुमारका अनुसार मरेका बिरामी अखिल भारतीय मेडिकल साइनस, पटनामा किड्नीको उपचारका लागि गएका थिए। तर उनको कोरोना पोजेटिभ भएकै कारण मृत्यु भइसकेको जनाइएको छ।

कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको न्युक्लिसय टीमुले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न सुझाइएको हो।

नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउनतर्फ पनि डब्ल्यूएचओले आग्रह गरेको छ।

त्यसैले विहारसँग जोडिएको नेपालसँगको नाका खुल्ला थियो। बङ्गलामा कोरोना सङ्क्रमणका बिरामी देखा परेसँगै बङ्गाल सरकारले काँकडभिट्टा बाहेक सबै नाका बन्द गरिसकेको छ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्