Logo
७ जेष्ठ २०८१, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा कोरानासँगै डेंगुको पनि उत्तिकै जोखिम बढ्ँदै

बाग्मति प्रदेश स्थित चितवनमा कोरानासँगै डेंगुको पनि उत्तिकै जोखिम बढ्ँदै गएको देखिन्छ । कोरानोको त्रास र जोखिम बढेसंँगै चितवनमा डेंगुको पनि उत्तिकै जोखिम रहेको चिकित्सकहरुले बताएका छन् ।

अघिल्ला वर्षहरुमा अन्य जिल्लाभन्दा चितवनमा डेंगुका बिरामी बढेपछि चिकित्सकहरुले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका हुन ।

वर्षा चांँडै सुरु हुनु, गर्मी बढ्दै गएका कारण डेंगु फैलने सम्भावना र जोखिम उत्तिकै बढेको उनीहरुको भनाइ छ । जसका कारण चितवनमा कोरानासँगै डेंगुको पनि उत्तिकै जोखिम बढ्ने देखिएको हो ।

कोरानाको संक्रमणका लागि पूर्वसावधानी, तयारी र सचेतनामा बढी जोड दिए पनि डेंगु संक्रमणको जोखिम न्यूनीकरणका लागि भने जिल्लामा खासै ध्यान दिइएको छैन ।

“कोरोनासंँगै डेंगुको पनि जोखिम त छँदैछ,” डाक्टर खतिवडाले भने, “यसपटक मनसुन छिटो शुरु भएकोले पूर्वसावधानी अपनाउनुपर्छ ।”

डेंगु २५ देखि ३० डिग्री तापक्रममा बढी सक्रिय हुने र पानी निरन्तर बढेमा जोखिम बढ्ने उनले बताए ।“आज बिहानैसम्म मात्र १९ जना ज्वरो बिरामी आएका छन्” उनले भन्ने जानकारी दिइएको छ ।

कोरोना संक्रमणको जोखिम न्यूनीककरणका लागि सबै संयन्त्र तयार भए पनि आगामी दिनमा दोहोरो चुनौती हुनसक्ने उनको भनाइ छ ।

अस्पतालमा ज्वरोका बिरामीहरु आए पनि डेंगुका बिरामी हालसम्म नदेखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल बताउंँछन् ।

कोरोना संक्रमणका लागि अस्पतालले उच्च सतर्कता अपनाए पनि डेंगुका बिरामीको लागि हाल सम्म किटबाट परीक्षण नभएको उनले बताए ।

देशभर कोराना संक्रमणको जोखिम नियन्त्रणका लागि सावधानी अपनाए पनि डेंगुको संक्रमण न्यूनीकरण गर्न ढिला गर्न नहुने बताउंँछन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारी ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्