Logo
७ जेष्ठ २०८१, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब टेकु अस्पतालमा कोरोना शंकास्पदको मात्रै जाँच गरिने

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा अब कोरोना भाइरसका शंकास्पद व्यक्तिको मात्रै जाँच गरिने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता सागर दहालका अनुसार त्यहाँ रहेका एचआइभी संक्रमित लगायत अन्य विरामीलाई अन्य उपयुक्त अस्पतालमा सारिनेछ ।

यसबारे के गर्ने भन्नेबारे सोही अस्पताललाई नै निर्देशन दिइएको दाहालले जानकारी दिए ।हालसम्म नेपालमा अन्य संक्रमित भेटिएका छैनन् ।

यसअघि चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा संक्रमण देखिएको भनिएका बिरामीको उपचारपछि निको भएको सरकारले दाबी गरेको छ ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्