Logo
७ जेष्ठ २०८१, सोमबार
(March 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बनेपाको धुलिखेल र शिर मेमोरियल अस्पतालले बनायो आइसोलेशन कक्ष

बाग्मती प्रदेश स्थित काभ्रेपलान्चोक जिल्लाको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को उच्च जोखिमको कारण पूर्वतयारी र सतर्कताका साथ यहाँका आइसोलेशन कक्ष पूर्ण तयारी अवस्थामा राखिएको छ ।

भाइरसबाट प्रभावित भई आकस्मिक रुपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन आइसोलेशन कक्ष तयार गरिएको हो ।

बनेपास्थित शिर मेमोरियल अस्पतालले आइसोलेशन कक्षमा ५ वटा श्यासहित आवश्यक व्यवस्थापन गरेको जनाएको छ ।

अस्पतालका आकस्मिक कक्षका प्राविधिक आनन्दप्रसाद दाहालले आइसोलेशन गर्नको लागि पाँच श्या तयारी अवस्थामा राखेको बताए ।

आइतवारदेखि अस्पताल आउनेको बाहिरी प्रवेशद्वारमा नै ज्वरो नाप्ने काम गरेर मात्रै भित्र प्रवेश गर्ने व्यवस्था गर्दै आएको अस्पतालले जनाएको छ ।

ज्वरो आएका बिरामीलाई छुट्टै निगरानी कक्षमा राखेर आवश्यक सोधपुछसहित सल्लाह सुझाव दिने गरिएकोे छ ।

घाँटीको र र्‍याल जाँच्नको लागि अस्पतालमा उपकरण नभएकाले त्यस्ता बिरामीका लागि टेकुमा पठाउने गरेको अस्पतालले जनाएको छ ।

शङ्का लागेर आफै जाँच्न आउनेलाई के कस्तो लक्षणहरु छन् र कस्तो अवस्थामा छ भन्ने कुराको सोधपुछपछि घरमा नै छुट्टै क्यारेन्टाइनमा बस्न र त्यसरी बसेकालाई के कस्तो छ भनेले अस्पतालको हटलाइनबाट नै फोन गरेर बुझ्ने काम भइरहेको बताइएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख नरेन्द्रकुमार झाका अनुसार जिल्लाको धुलिखेल अस्पतालमा छ श्याको आइसोलेशन कक्ष तयारी अवस्थामा रहेको र नमोबुद्धको नौबिसेमा रहेको मेथिनकोट अस्पतालमा र पाँच खाल नगरपालिकको दुलाल थोकमा रहेको पाँचखाल प्राथमिक उपचार केन्द्रमा पाँच/पाँच श्याको आइसोलेशन कक्ष स्थापना गर्ने तयारीमा रहेको र त्यसको लागि सामग्री जुटाउने काम भइरहेको डा झाले बताए ।

सेनाले निर्माण गरे क्वारेन्टाइन स्थल

धुलिखेलमा रहेको विष्णु दल गणका नेपाली सेनाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण गरेको छ । गणका गणपति सुवास खड्काका अनुसार नमूनाको रुपमा १०० वटा खाट तयार गरेको र जिल्ला विपत् व्यवस्थापन समितिले उपलब्ध गराएको टेण्ड र अन्य सामग्रीहरु जुटाएर क्वारेन्टाइन निर्माण गरेको हो ।

आपतकालीन अवस्था आइपरेको खण्डमा १०० जनाको लागि व्यवस्थापन गर्न सकिने प्रमुख खड्काले बताए ।

प्रकाशित मिति: Mar 21, 2020

प्रतिक्रिया दिनुहोस्