Logo
७ जेष्ठ २०८१, सोमबार
(March 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना बिरामीबारे अडियो भाइरल भएपछि नर्भिक अस्पतालको प्रष्टिकरण : ‘बिरामी फेला परेकै छैनन्’

राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित भेटिएको भन्ने गलत हल्ला फैलिएपछि अस्पतालले यसबारे खण्डन गरेको छ ।

‘शनिवार बिहानैदेखि नै फेसवुक म्यासेन्जर लगायतका विभिन्न म्यासेन्जरमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरे ।

‘फेक न्यूज’ प्रति खेद प्रकट गर्दै उनले यसखाले अपराधपूर्ण अफवाहको कडा निन्दा समेत गरेका छन् ।

उनले भने, ‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि विरामी पत्ता लागेका छैनन्, यसमा हामी सवै निश्चिन्त र प्रष्ट हुनुपर्छ । तसर्थ, त्यस समाचारमा कुनै पनि सत्यता नभएको हामी प्रष्ट पार्दछौं ।’ अस्पतालले भ्रम फैलाउनेप्रति कडा कारबाहीको माग समेत गरेको छ ।

‘त्यस्ता भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराध हो, निन्दनीय हो र प्रचारक जोसुकै भएपनि ऊ कडा सामाजिक कारवाहीको भागिदार हुनुपर्छ भनी हामी जोडदार माग पनि गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: Mar 21, 2020

प्रतिक्रिया दिनुहोस्