Logo
७ जेष्ठ २०८१, सोमबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत्र मसान्तसम्म ५० शय्यामाथिका अस्पताललाई इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्न निर्देशन

संघीय सरकार अन्तरगत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका ५० शय्या भन्दा माथिका निजी–सरकारी अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरु चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ।

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसको व्यवस्थापनको तयारीका लागि यस्तो निर्णय गरेको हो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले १०० शय्या माथिका सबै अस्पताललाई फिबर क्लिनिक सञ्चालन गर्न यसअघि निर्णय भइसकेको भन्दै त्यसको कार्यान्वयन भएको नभएको गर्न अनुगमन समितिलाई निर्देशन दिएको छ।

यस्तै बैठकले कोरोना भाइरसको समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार स्याम्पल टेष्टको लागि तयारी अवस्थामा राख्‍न निर्देशन दिएको छ।

आवश्यकता अनुसार परीक्षण गर्ने व्यवस्था मिलाउन समेत निर्णय गरेको छ।यसै सम्बन्धमा हाल मन्त्रालयमा नेपाल चिकित्सक संघ र निजी अस्पताल सञ्चालकहरुसँग बैठक बसिरहेको छ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्