Logo
७ जेष्ठ २०८१, सोमबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना हुँदै

बाग्मति प्रदेश स्थित सिन्धुपाल्चोकमा कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणविरुद्ध उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने भएको छ ।

विपद् व्यवस्थापन समिति, स्थानीय तह, गैरसरकारी संस्था लगायत सरोकारवाला निकायसँगको बहुपक्षीय र संयुक्त बैठकको छलफलपछि स्वास्थ्य कार्यालय आइसोलेसन वार्डको तयारीमा जुटेको हो ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे, जलवीरे र मेलम्चीसहित अन्य तीन स्थानमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

बाह्रविसेमा एक शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइ सकिएको र अन्य स्थानमा केही दिनभित्रै सञ्चालनमा ल्याउने उनको भनाइ थियो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौर, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा बढी क्षमताका आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी छ ।

चापागाईँका अनुसार यास्तो वार्डमा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिने भएको छ ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्