Logo
७ जेष्ठ २०८१, सोमबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको त्रास : अब २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँ भेला हुन नपाइने

कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ।

बसेको उच्च स्तरीय समन्वय समितिले पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने निर्णय गरेको हो।

त्यस्तै पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई समेत रोक लगाइको छ।

साथै ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको छ।

त्यस्तै फिल्म हल, जिम हल, नाइट क्लब, रंगशाला, सांस्कृतिक केन्द्र, हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू समेत २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्