Logo
७ जेष्ठ २०८१, सोमबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको संक्रमणको आशंकामा ४ सय ९६ जनाको स्वास्थ्य परीक्षण,१ जनाबाहेका अरुमा देखिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं :  बर्तमान समयमा कोरोना भाइरसले विश्व माहामारीरुप लिइरकेको अवस्थामा अहिले सम्म १६२ देशमा फैलिसकेको छ सो नेपालमा पनि ४ सय ९६ जनाको स्वास्थ्य परीक्षण गर्दा एक जनाबाहेक अरु सबैमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नपाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अझै पनि ४ जना आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

अहिलेसम्म डाक्टरको निगरानीमा राखिएका ५२ जनालाई कोरोना नभएको पाइएपछि घर पठाइएको पनि उनले जानकारी दिए । गएको माघ ९ गते चीनबाट आएका १ जनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ती व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना सङ्क्रमित नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

साथै सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वयंसेवक परिचालनको लागि सबै पालिका र वडामा स्थानीय समन्वय समिति गठन गर्न सरकारले निर्देशन दिएको छ ।

समितिमा शिक्षक, विद्यार्थी र कर्मचारीलाई राखेर स्वयंसेवकको रुपमा परिचालन गर्न पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्