Logo
७ जेष्ठ २०८१, सोमबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुसन्धानः कोरोना भाइरसले रक्त समूह अनुसार प्रभाव गर्ने खुलासा

चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले कोरोना भाइरसले रक्त समूह अनुसार प्रभाव गर्ने खुलासा गरेका छन् ।

शोधमा पत्ता लागेअनुसार रक्त समूह ए (blood group A) भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित गर्नसक्छ । साथै, ब्लड ग्रुप ओ (blood group O) भएका व्यक्तिहरुलाई संक्रमण हुन धेरै समय लाग्छ ।

चीनको वैज्ञानिकको यो अध्ययन ऊहानमा गरिएको हो । ऊहान चीनको हुबेई प्रान्तको राजधानी हो । यहाँबाटै संसारभरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको होे । यो खबर ःभमचहष्ख.यचन मा प्रकाशित भएको छ ।

अनुसन्धाताले आफ्नो अनुसन्धानमा रक्त समूह ‘ए’ को तुलनामा रक्त समूह ‘ओ’ भएकाहरु कोरोना भाइरसले निकै ढिलो संक्रमित हुने बताएका छन् । रक्त समूह ‘ए’ भएकाहरुको नै कोरोना भाइरसका कारण धेरै मृत्यु भइरहेको छ ।

ऊहानमा वैज्ञानिकले कोरोना भाइरसद्वार संक्रमित २,१७३ व्यक्तिमा अध्ययन गरेका हुन् । यीमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो । उनीहरु हुबेई प्रान्तका तीन अस्पतालमा भर्ना थिए ।

कोरोना भाइरसका कारण मारिएका २०६ व्यक्तिमध्ये ८५ जनाको रक्त समूह ‘ए’ थियो । अर्थात् करिब ४१.२६ प्रतिशत । जबकी ५२ जनाको रक्त समूह ‘ओ’ थियो । अर्थात्, करिब २५ प्रतिशत ।

२,१७३ व्यक्तिमध्ये रक्त समूह एक हुने व्यक्ति धेरै थिए । यीमध्ये ३२ प्रतिशतको रक्त समूह ‘ए’ थियो भने रक्त समूह ‘ओ’ भएका व्यक्तिहरु २६ प्रतिशत थिए ।

वैज्ञानिकले सार्स–सिओवी–२ (SARS-COV-2) को हमला हुँदा पनि रक्त समूह ‘ओ’ भएकाहरु कमै संक्रमित भएको जबकी अन्य रक्त समूहका व्यक्तिहरु धेरै नै प्रभावित भएका थिए ।

गओ यिंगदाईले भनेका छन्, ‘यदि तपाईंको रक्त समूह ए छ भने पनि तपाईं चिन्तित हुनुपर्दैन । यसको अर्थ यो होइन कि तपाईं शत प्रतिशत कोरोनाद्वार संक्रमित भएरै छोड्नुहुनेछ । रक्त समूह ओ भएका मानिसहरु पनि लापरवाह भने नहुनुहोस् ।’

अहिलेसम्म यो अनुसन्धानको रिभ्यू भएको छैन तर चीन तियानजिनस्थित स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिंगदाईले यो अनुसन्धानले यो रोगको उपचार खोज्न मद्दत गर्ने बताएका छन् ।

यो खबर  Medrxiv.org मा प्रकाशित भएको छ ।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्