Logo
७ जेष्ठ २०८१, सोमबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालत समेत सबै अदालतहरुमा कोरोनाबाट जोगिन पूर्वतयारी र सतर्कता

दैनिक हजारौँ मानिसको भीडभाड हुने सर्वाेच्च अदालत र काठमाडौँ जिल्ला अदालतमा पनि कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्वतयारी र सतर्कता अपनाउन थालिएको छ।

सतर्कताका लागि भन्दै इजलासमा सकेसम्म कम मात्र मानिसलाई उपस्थित गराउने प्रयास गर्दै आएको सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।

सर्वोच्च अदालतले यसअघि नै कोरोना भाइरसको संक्रमणबाट बच्न इजलास व्यवस्थापन गरेको थियो। तर सर्वाेच्चको भन्दा पनि धेरै भीडभाड हुने काठमाडौँ जिल्ला अदालतले ढिलो गरी सतर्कताका उपाय अपनाउन थालेको छ।

यसअघि कोरोना सचेतनाका लागि भित्तामा सूचना मात्रै टाँस गरिएको न्याय क्षेत्रमा अहिले कार्यालय प्रवेश गर्ने व्यक्तिको ज्वरो नाप्ने, भीडभाड नगर्न भन्दै माइकिङ गर्ने काम गरिरहेको छ । यसका साथै अस्थायी रुपमा आइसोलेसन कक्षको स्थापना पनि गरिएको छ ।

सर्वोच्चले संक्रमणबाट बच्न भन्दै इजलासमा न्यायाधीश र इजलाश अधिकृत बस्ने ठाउँबाट कानुन व्यवसायी र आगन्तुक रहने स्थानको दूरी बढाएको छ।

१७ हजार थान मुद्दा विचाराधीन रहेको काठमाडौँ जिल्ला अदालतमा दैनिक ३३ वटा इजलास बस्ने गरेको छ। यसका कारण एकै दिन पाँच हजारभन्दा बढी व्यक्तिको आवत जावत हुन्छ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्